• Jana Kura

    • 2026-05-21

    काठमाडौँ, ७ जेठः शिक्षा तथा खेलकुद मन्त्री ले राज्यको तर्फबाट खेलकुद क्षेत्रलाई अपेक्षाअनुसार सम्मान र सुविधा दिन नसकिएको स्वीकार गरेका छन् ।

    साफ महिला च्याम्पियनसिप खेल्न भारत जान लागेको नेपाली राष्ट्रिय महिला टोलीलाई बिहीबार बिदाइ गर्दै मन्त्री पोखरेलले सीमित स्रोत र साधनकाबीच पनि खेलकुद क्षेत्रको विकास र खेलाडीको सम्मान बढाउन सरकार प्रयत्नशील रहेको बताएका हुन् ।

    उनले भने, “राज्यले खेलाडीहरूको लागि गर्नुपर्ने जति गर्न सकेको छैन । खेलकुद क्षेत्रलाई जति सम्मान दिनुपर्ने हो त्यति दिन सकेका छैनौँ ।”

    मन्त्री पोखरेलले नेपाली खेलाडीहरूले अन्तर्राष्ट्रिय प्रतियोगितामा देशको झण्डा उच्च राख्दै आएको उल्लेख गर्दै टोलीलाई धन्यवाद व्यक्त गरे । साथै उनले प्रतियोगितामा नेपालको प्रदर्शनप्रति आशावादी रहेको बताउँदै आत्मविश्वास बलियो भएकाले नेपालले राम्रो नतिजा ल्याउने विश्वास व्यक्त गरे ।

    उनले आगामी दिनमा खेलकुद क्षेत्रको विकासका लागि लगानी बढाउनेतर्फ सरकार गम्भीर रहेको पनि बताए ।

    सिफारिस : सबै
    छुटाउनुभयो कि? सबै