नविना श्रेष्ठ
फागुन ,१,२०८१
सालीनदीमा एक महिना चलिरहेको श्रीस्वस्थानीको व्रतकथा आजबाट सकिएको छ। पौष शुक्ला पूर्णिमाको दिनबाट सुरु भएको स्वस्थानीको व्रतकथा माघ शुक्ल पूर्णिमाको दिनमा समापन गरिने गरिन्छ। हिजो माघ महिनाको अन्तिम दिन स्वस्थानी पूर्णिमाको व्रतकथा समापनसँगै साली नदीमा एक महिना व्रत बसेका व्रतालुहरूको भने आज को दिनमा आफ्नो व्रत सम्पन्न गरी आआफ्नो घर फर्किने गरिन्छ।

सतिदेवीको मृत्युपछि महादेव विवाह नगरिकन बसिरहेको समयमा पार्वतीले शिवपति पाउँ भने बसेको व्रत थियो। श्री स्वस्थानी, स्वस्थानीको व्रतपछि महादेव पति पार्वतीले पाएको किवदन्तीहरू रहेको छ । साली नदीमा एक महिना व्रत बसेका व्रतालुहरूलाई आआफ्नो घरबाट सगुन सहित ल्याएर बेहुली जस्तै सिँगारिएर साली नदीको तिरमा बसेका व्रतालुलाई आफ्नो घरमा लाने चलन छ। यसपालिको व्रत बसेका व्रतालुहरू २१५ जनाको सङ्ख्यामा व्रतकथा अगाडि बढिरहेको थियो। साली नदीको तिरमा एक महिना व्रतबसी आफ्नो मनले मागेको चिज पूरा हुने जनविश्वासका साथ कैयौं मानिसहरू श्री स्वस्थानीको व्रत बस्ने गरिन्छ। स्वस्थानीको व्रत बसी दुःख हट्छ, आफूले गरेका पापहरू नाश हुन्छ, घरपरिवारमा सुख शान्ति छाउँ छ। मनले चिताएको पूरा हुन्छ, मागेको चिज पाउँछ भन्ने जनविश्वास रहिरहेको छ।

स्वस्थानीको व्रत निकै कठिन छ। चिसो भोक प्यास नभनिकन पौष शुक्ल पूर्णिमाको दिनबाट नित्य नित्य नुहाएर एक छाक नुन खाएर त कसैले एक छाक पनि नुन नखाइकन व्रत बस्ने चलन छ। साली नदीको तिरमा स्वस्थानीको नाममा पूजापाठ गर्ने मानिसहरूले पनि आम जनमानिसलाई ठगिरहेको कुरा कसैलाई यादै भइरहेको छैन। एक महिना व्रतबसी संकल्प गर्न जाने व्रतालुहरूलाई भने संकल्प गरिदिने मानिसहरूले पर व्यक्तिमा ठगिरहेको समितिका मानिसहरूको ध्यान आकर्षण होस्।

समय सँगसँगै साली नदीको व्रत अवस्थाहरू परिवर्तन भएको महसुस भएको छ। भक्तालुहरूलाई निकै कठिन भएको बताउँछन्। पूजापाठ गर्न जाँदा पूजाको नाममा ठगिने ,र पसल राख्न जाँदा एरियाको पैसा धेरै तिर्नुपर्ने गुनासोहरु आम स्थानीयहरूको थियो। यसपालि स्वस्थानीको अन्तिम दिनमा गतवर्षभन्दा यसपालि त्यति घुइँचो नभएको स्थानीयहरूले बताएका छन्। साली नदीमा माधव नारायणको दर्शन गर्न आउने वक्तालुहरूलाई सहजीकरणको लागि नेपाल स्काउट साखु क्यू, साखुका स्काउटका भाइबहिनीहरूले भोलन्टियरको रुपमा सहजीकरण वातावरण बनाइएको थियो।
