काठमाडौं ९ माघ/ साउदी प्रो लिगमा पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले आफ्नो गोल संख्या थप्दै शीर्ष गोलकर्ताको सूचीमा पहिलो स्थान हासिल गरेका छन्। बुधबार भएको खेलमा अल-खलीजविरुद्ध दुई गोल गर्दै रोनाल्डोले यो उपलब्धि हासिल गरेका हुन्।
अल-नासरका कप्तान रोनाल्डोको निर्णायक प्रदर्शनको बदौलत टिमले अल-खलीजमाथि ३-१ को प्रभावशाली जित निकाल्न सफल भयो। यस प्रदर्शनसँगै उनले अल-हिलालका अलेक्जेन्डर मित्रोभिच र इत्तिहादका करिम बेन्जेमालाई पछि पार्दै गोलकर्ताको सूचीमा आफ्नो स्थान मजबुत बनाएका छन्।
यस सिजनमा रोनाल्डोले लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएका छन्। उनको नेतृत्वमा अल-नासर लिगको शीर्ष स्थानको दौडमा समेत सामेल छ। एजेन्सी