काठमाडौं । चीनमा मंगलबार बिहान गएको भूकम्पमा परी ३२ जनाको मृत्यु भएको छ । समाचार संस्था सिन्ह्वाले ३२ जनाको मृत्यु भएको जनाएको छ । सिन्ह्वाका अनुसार भूकम्पको केन्द्रविन्दु २८.५ डिग्री उत्तर अक्षांश र ८७.४५ डिग्री पूर्व देशान्तरमा मापन गरिएको थियो ।आज मंगलवार बिहान नेपाली समय अनुसार ६ बजेर ५० मिनेटमा चीनको जिजाङ्ग प्रान्तको सिगात्सेस्थित दिङ्गी गाउँमा केन्द्रविन्दु भएर शक्तिशाली भूकम्प गएको थियो ।भूकम्पको धक्का नेपालमा समेत महसुस भएको । काठमाडौंमा मानिसहरु घर बाहिर निस्केका थिए ।
नेपालको भूकम्प मापन केन्द्रले ७ म्याग्निच्युडको भूकम्प गएको रेकर्ड राखे पनि चीनको भूकम्प नेटवर्क केन्द्रले ६.८ तीव्रता मापन गरेको छ । यो भूकम्प १० किलोमिटर गहिराइमा थियो ।