काठमाडौँ, २१ साउनः। आज देखी गुंला पर्व सुरु भएको छ।बिशेष गरि बुद्ध धर्मावलम्बी नेवारले ठुलो अत्यन्तै राम्रो पर्वको रूपमा मानी गुंला पर्व भरी विभिन्न बौद्ध तिर्थस्थलमा पुगि मन्दिर पुजा गर्ने चलन छ। आज देखी सबेरै धेरै भक्तजनहरु स्वयम्भू संगै विभिन्न बौद्ध बिहार र देवालयमा दर्शनका लागी जाने गरिन्छ। काठमाडौंका ( येँयापिं) गुलांबाजा सहित स्वयम्भूमा पुजागर्नेको लागी जाने चलन छ। गुंला पर्व एक महिनामात्रै भएपनि धेरै मानिसहरुले यो पर्वमा रक्सी जांड ( अयला:, थ्वँ ) संगै मासु पनि खाने गरिन्छ। यो महत्त्वपूर्ण महिना भएकोले यो एक महिनामा जति धर्मकर्म गरिन्छ त्यती नै पुन्य प्राप्त हुने जनविश्वासले गर्दा नेवारहरु विभिन्न बौद्ध तिर्थस्थलमा गएर दर्शन गर्न जाने गरेको छ।
गुँलापर्व
टाेखामा गुँलापर्व’ सपनतिर्थ धां खल:का सक्रिय सदस्यहरुको अगुवाइमा परापुर्वकाल देखी धाँ बाजा बजाउदै सांस्कृतिक परम्परा धानिदै आइरहेको छ। श्रावण चर्तुदशीको पर्सी प्रतिपदा देखी प्रत्येक दिन सपनतिर्थमा पुजा लगि पुजाआजा गरि टाेखा परिक्रमा गर्ने चलन छ। हाल सपनतिर्थ धां खल:मा ८ जना सदस्यहरु रहेको छ। एकमहिना सम्म चल्ने धाँ बाजा कुशे औसिकाे भोलिपल्ट पारु स्वयम्भूमा पुजा लगि भोज खाने परम्परा रेहेको छ। भने भोलिपल्ट सपनातिर्थमा भोज पछि गुँलापर्व सकिने परम्परा रहेको टाेखाका मुल: नाइके हेमराज श्रेष्ठले बताउनु भयो।
चतुर्मास भजन
टाेखामा श्रावण महिनादेखि चतुर्मास भजन सुरु गरी चार महिना अर्थात बुढानिलकण्ठ नारायणस्थान मेलाको दिनसम्म बेलुका भजन गाउने व्यवस्था मिलाएको पाटीमा बसी भजन गाइन्छ।यस्मा खिं,झ्याली, बासुरी ढोलक आदि बाजा बजाइन्छ र विभिन्न देवि-देवतासँग सम्बन्धित थ्यासफु (भजन गित )गाइन्छ। टोखामा हाल विभिन्न सांस्कृतिक बाजा खलः तथा भजन खलहरू रहेका छन्। टोखाका नेवारहरुका बस्तीमा एवं टोलहरुमा यस्ता बाजा खलः र भजन खलःले गर्दा बढी रमाइलो तथा उल्लासमय हुन्छ यस्ता समूह र विभिन्न जात्रा पर्वहरूमा गाउँ तथा टोल घुम्ने गर्छन्। बाँसुरी बाजा, खिं बाजा ,धिमाय् बाजाका सांगीतिक स्वरले गाउँबस्ती गुञ्जयमान बन्छ। यहाँका बाजा खलः हरु विशेषगरेर बिस्केट जात्रा, इन्द्रजात्रा ,कृष्ण जात्रा , माघ पूर्णिमा, यमरी पुर्णिमा तथा सकिमन्हा पुर्णिामाका दिन परम्परागत बाजा बजाउँदै गाउँ घुम्ने गर्छन् यही सांस्कृतिक दफा खल:तथा भजन खल:ले गठेमंगल चतुर्दशीको पर्सिपल्ट देखि भजन चतुर्मास आरम्भ गरि सकिमन्हा पूर्णिमा सम्मका दिनका दिन आ-आफ्नो टोलका निर्धारित भजन घर तथा पाटीमा बसेर भजन गर्ने गर्छन् ।
यसरी गर्ने भजन बिशेष गरि बेलुका ७ देखी९ बजे सम्म भजन गाउने गर्छन् । हाल टाेखामा रहेका दापा खल तथा भजन खलः हरुमा जाेर भिमसेन दापा खल: ,सपनातिर्थ दापा खल:,चण्डेश्वरी दापा खलः , चण्डेश्वरी भजन खल: ,इन्द्रायणी दापा खल: ,सहलुबी पिगंद्य दापा खल:रहेका छन्।यि दापा खल: तथा भजन खल:हरुले आ-आफ्ना पायक पर्ने ठाउँमा प्रत्येक मंगलबार चण्डेश्वरी , गणेशस्थान , काेट गणेश र प्रत्येक शनिबार सपनातिर्थ, मसानकालि इन्द्रायणीमा भजन गर्ने चलन छ । टाेखाका यि दाफा खल: तथा भजन खल:हरूले विशेषपर्व पारेर भोज खाने गर्छन् ।जात्राको अन्तिम दिन इन्द्रजात्रा, यमरी पुर्णिमा, सकिमन्हा पूर्णिमा ,कृष्ण जात्रा र फागुपूर्णिमा गरी वर्षभरि ६ पटक भोज खाने चलन छ।यहाँको मान्यता अनुसार जेठ र असार दुइ महिना बाजागाजा बजाउन नहुने विश्वास गरिन्छ। यहाँको जनजीवन सँग अभिन्न भई गाँसिएका सांस्कृतिक तथा धार्मिक महत्वका यि खल: हरूको योगदान र विशेष भूमिका रहेको यो सांस्कृतिक सहरलाई सरकारले पर्यटन प्रबर्द्धन गर्न ढिला गर्नु हुदैन ।