• 2024-07-23

-नविना श्रेष्ठ

काठमाडौँ,साउन ७,२०८१ /नेपाली काङ्ग्रेसका संस्थापक सभापति एवं नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री स्वर्गीय बीपी कोइरालाको ४२ औ स्मृति दिवसको उपलक्ष्यमा टाेखामा आयोजित कार्यक्रममा माननीय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदिप पौडेलको प्रमुख आतिथ्यतामा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ। टोखा नगरपालिका वडा नम्बर २ वडा सभापति हेराकाजी महर्जन डंगोल लगायत कार्यसमितिको  आयोजनामा चण्डेश्वरी अस्पताल परिसरमा वृक्षारोपण कार्यक्रम गरेको हो।

वृक्षारोपण कार्यक्रमसंगसंगै नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदिप पौडेललाई नेपाली कांग्रेसका महासमितिका पदाधिकारीहरु ,टोखा नगरपालिका वडा २ ले बधाई तथा शुभकामना दिनुभएको थियो । वृक्षारोपण कार्यक्रममा नेपाली कांग्रेसका महासमितिका सदस्य क्षेत्रीय प्रतिनिधि महा अधिवेशन का सदस्य प्रदेश सदस्यहरू नगर तथा वडाका सक्रिय कांग्रेस प्रतिनिधिहरूको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो।

सिफारिस : सबै
छुटाउनुभयो कि? सबै