नविना श्रेष्ठ ,साउन १३,२०८१ काठमाडौँ महानगरपालिका स्थित हनुमानढोका श्री शार्दुल जङ्ग गुल्मपति सेनानी अनिल श्रेष्ठलाई स्वागत तथा निवर्तमान गुल्मपति सेनानी पूर्ण प्रजापतिको विदाई कार्यक्रम तलिजु भवानी परिषद् नासलचोकमा सम्पन्न भएको छ। ऐतिहासिक पुरातत्त्वमा रहेको बसन्तपुर तलिजो भवानीको मन्दिर परिसरमा रहेको नेपाली सेनाको शार्दुल जङ्ग गुल्ममा ३०औं गुल्मपति पूर्ण प्रजापतिको विदाई भएको छ भने ३१ औँ गुलमापति अनिल श्रेष्ठको स्वागत गरिएको छ। आफ्नो कर्तव्य जिम्मेवारी विश्वासका साथ दिनरात नभनी सुरक्षामा खटिएका पूर्ण प्रजापतिको नाममा गणपतिलाल श्रेष्ठले एक कवितावाचन समेत गरेका थिए।
कविता पूर्ण तिमी तिम्रो क्षमता पूर्णता गर्ने दृढता रहेछ अनुशासित तिमी स्वयं तिमी स्वाभिमानी सेना तिमी जस्ता शब्दहरूबाट कविता प्रस्तुत गरेका थिए। काठमाडौँ महानगरपालिकामा रहेका सांस्कृतिक विभिन्न समुदाय स्थलबाट उहाँलाई भव्य विदाई गरेका थिए भने श्रेष्ठलाई भव्य स्वागत गरेका थिए बिदाई र स्वागत कार्यक्रममा भने नेपाली स्काउट जनसमुदाय विभिन्न संघसंस्था सांस्कृतिक कलापुचहरू र धर्म र सांस्कृतिक कला प्रेमी कलाप्रेमी व्यक्तित्वहरूको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो।