• 2024-07-25

काठमाडौं १० श्रावण/ टोखा नगरपालिका–६ धापासी हाइटस्थित पिपलबोट चुनदेवी मन्दिर नजिक करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।  मृत्यु हुनेमा काभ्रेको भुम्लु गाउँपालिका–३ घर भई बिजुलीको काम गर्ने २० वर्षीय नवीन पहारी छन्। एक जना घाइते भएका छन्। घाइते हुनेमा दार्चुला घर भई बिजुलीकै काम गर्दै आएका २५ वर्षीय अनिल धामी छन्। पहारीको उपचारको क्रममा त्रिवि शिक्षण अस्पतालमा आज दिउँसो साढे ३ बजे मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।काठमाडौं प्रहरीका अनुसार  अर्का घाइते धामीको भने ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ। करेन्टले उनको दुवै हात जलेको छ। बिजुलीको काम गर्ने क्रममा दिउँसो साढे २ बजे उनीहरुलाई करेन्ट लागेको प्रहरीले बताएको छ।

सिफारिस : सबै
छुटाउनुभयो कि? सबै