-नविना श्रेष्ठ
काठमाडौँ, ९ असार : टोखा नगरपालिका वडा नम्बर २ स्थित गणेश स्थानमा रहेको श्री गणेश भजन खललाई शनिबार रजनी फाउन्डेसनद्वारा केहि आर्थिक सहयोग प्रदान गरेको छ। रजनी फाउन्डेसनकि अध्यक्ष रजनी थापाले ऐतिहासिक धरोहर सांस्कृतिक सम्पदा बोकेको टाेखामा नेवा:समुदायलाई आफ्नो भाषा, संस्कृति र पहिचान जोगाउनका लागि निरन्तर सक्रिय रहन आग्रह गर्नुभएको छ । टाेखामा श्री गणेशस्थान मन्दिरमा भजनखलद्वारा महिला दिदीबहिनीहरू प्रत्येक मंगलबार बिहानीको समयमा गणेश मन्दिर प्राङ्गणमा भजनकीर्तन गर्दै आएका छन्।

यही सन्दर्भमा महिलाहरू जम्मा भई तबला बजाउन सिक्ने र भजन गित गाउदै नयाँ पुस्तामा हस्तान्तरण गर्दै आइरहेको र यो क्रम जारी नै रहेको छ । सो भजन गित र तबला बाजा बचाउन सबैजना रहर उमंग र उत्साहित भएर लागिरहेका छन् । तर आर्थिक कारण सबै महिला दिदीबहिनीहरुले तिनलाई निरन्तरता दिन नसके आफ्नो भाषा, संस्कृतिलाई नयाँ पुस्तामा हस्तान्तरण गर्न नसकेमा भोलि पहिचानकै सङ्कट उत्पन्न हुन सक्छ भन्ने अभिप्रायले केही महिला दिदीबहिनीहरू अझै पनि आफैंले आर्थिक संकलन गर्दै उत्साह र उमङ्गलाई मेटाउने क्रम जारी नै थियो।

त्यसै सन्दर्भमा महिलाहरूलाई प्रोत्साहन गर्नुपर्छ भन्दै आफूले सक्दो साथ सहयोग गर्नुपर्छ भन्ने उद्देश्यले नेपाली कांग्रेसका क्षेत्री सहसचिव रजनी थापाले रजनी फाउन्डेसनको तर्फबाट आर्थिक सहयोग प्रदान गरेको हो। फाउन्डेसनकि अध्यक्ष थापाले सामाजिक र सांस्कृतिक रुपमा जोड्ने स्वाभिमान फाउन्डेसनको अवधारणा सरहानीय रहेको पनि उहाँले बताउनु भयो। फाउन्डेसनकि अध्यक्ष रजनी थापाले श्री गणेश भजन खलका अध्यक्ष मनमाया महर्जन सहित भजन खलका महिलाहरुलाई नगद हस्तान्तरण गरेको थियो।