• 2024-03-04

नविना श्रेष्ठ ,फागुन २०,२०८०/ भक्तपुर नगरपालिकाले नव नियुक्त नेपाल स्काउट बागमती प्रदेश प्रमुख आयुक्त तथा अन्तर्राष्ट्रिय प्रमुख आयुक्त,सह-आयुक्त, केन्द्रीय पदाधिकारीहरु प्रदेश परिषद र स्थानीय परिषदमा नव निर्वाचित पदाधिकारी एवं सदस्यहरुलाई सूर्यविनायक, चागुनारायण,मध्यपुर थिमि तीन वटा नगरपालिका मिलेर एकैसाथ एभरेष्ट इङ्गलिश स्कूल मिवाछेंको प्राङ्गणमा बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमका सभाध्यक्ष भक्तपुर नगरपालिकाका स्थानीय आयुक्त बाल कृष्ण बनमाला, प्रमुख अतिथि भक्तपुर नगरपालीका उप-मयेर रजनी जोशी रहेको थियो।भने नेपाल स्काउटका नव नियुक्त प्रमुख आयुक्त महेन्द्र राज रञ्जित, अन्तरराष्ट्रिय आयुक्त देव राज घिमिरे,सह आयुक्त स्मृति बराल, केन्द्रीय पदाधिकारीहरु शिव राम अर्याल, प्रदेश आयुक्त शिव कुमार त्वयना, प्रदेश सदस्यहरु, स्थानीय पदाधिकारीहरुलाई समान गरेको थियो। आफूलाई पनि स्काउट मन परेको तर स्कूल जिवनमा परिवारीक कारणले जोड्न नसकेको अवस्थामा आज फेरी स्काउटमा जोडिन पाएकोमा निकै खुसी रहेको उप मेयर जोशीले बताउनुभयो।

भक्तपुर नगरपालिका, सूर्य विनायक, चागुनारायण, मध्यपुर थिमी नगरपालिकामा एक नमुना स्काउट संचालन गरी स्काउटलाई सव्भ र भव्य रूपमा परिचालन गर्ने प्रतिबद्धता जनाएकी छिन्। भक्तपुर नगरपालीकालाई शिक्षा, ज्ञान, सांस्कृतिक,सव्भ,भव्य, सुन्दर वातावरण युक्त बनाउने सम्भव नेपाल स्काउटमा मात्र देखेको स्काउट नै अपरिहार्य रहेको बताए। स्काउट भव्यरुपमा संचालन गर्न आफ्नो निकायबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए। त्यसैगरी नेपाल स्काउट आयुक्त महेन्द्र राज रञ्जितले स्काउट यतिको परिचालन हुन सकेकोमा लोक बहादुर भण्डारीको धेरै भुमिका रहेको बताए। उहाँको योगदान लाई हामी अहिले भुल्ने छैन रञ्जितले बताए। नेपाल स्काउटलाई सव्भ र भव्यका साथ निरन्तर सक्रिय भएर सम्पूर्ण स्काउट प्रेमीहरुलाई साथमा लिएर अघि बढ्ने प्रतिवद्धता जनाए। ३०० वटा पालिकाहरुमा स्काउट तालिम भैसकेको र औपचारिक रुपमा स्काउट संचालन भईरहेको नव नियुक्त स्काउट केन्द्रीय कार्यसमितिका सदस्य शिव राम अर्यालले जानकारी दिनुभयो।

भक्तपुर नगरपालिकाका पूर्व राष्ट्रिय सचिव रामगोपाल कर्मचारी, पूर्व तालिम आयुक्त भक्तराज भण्डारी, पूर्व तालिम आयुक्त महिला चन्द्रकान्ता प्रजापति, राष्ट्रिय प्रशिक्षक सीतालक्ष्मी देसी मरु, राष्ट्रिय प्रशिक्षक योगेश हाडा ,पूर्व प्रदेश सदस्य अछुत प्रजापति, प्रदेश सदस्य केश रत्न बज्राचार्य ,डा.प्रणव कर्माचार्य सदस्यहरु लगायत भक्तपुर नगरपालिकाका स्काउट स्काउटर ,सूर्यविनायक नगरपालिकाका स्काउट स्काउटर, चाँगुनारायण नगरपालिका स्काउट स्काउटर, मध्यपुर थिमी नगरपालिका स्काउट स्काउटरहरूको बाक्लो उपस्थिति रहेको थियो।

सिफारिस : सबै
छुटाउनुभयो कि? सबै