❝ शुक्रबारदेखि फर्निचर तथा होम डेकोर अन्तर्राष्ट्रिय प्रदर्शनी हुँदै ❞
2024-01-04
काठमाडौं १९ पुस: काठमाडौंको भृकुटीमण्डपमा आउँदो शुक्रबारदेखि नेपाल वुड तथा नेपाल इन्टरनेशनल फर्निचर एण्ड होम डेकर अन्तर्राष्ट्रिय प्रदर्शनी मेला हुने भएकोे छ । मिडिया स्पेस सोलुसन्स प्रालि र फ्युचरेक्स ट्रेड फेयर एण्ड ईभेन्टस् प्रालिले संयुक्त रुपमा आयोजना गर्न लागेको अन्तर्राष्ट्रिय प्रदर्शनी २०८० आउँदो पुष २० गते देखि २२ गते काठमाडौंको भृकुटीमण्डपमा हुन लागेको हो । फर्निचर, प्लाइवुड, ल्यामिनेट, हार्डवेयर, काष्ठ सम्बन्धी मेसिनरी तथा औजार, फर्निसिङ, म्याट्रेस, कच्चा पदार्थ तथा उत्पादनहरु सम्बन्धी बृहत् अन्तर्राष्ट्रिय प्रदर्शनीको यो नवौं संस्करण हो । प्रदर्शनीमा स्वदेशी तथा विदेशी ख्याति प्राप्त ब्राण्डहरुका एक सय भन्दा बढी स्टल रहने छन् । साथै प्रदर्शनीमा फर्निचर, प्लाइवुड, ल्यामिनेट, हार्डवेयर, काष्ठ सम्बन्धी मेसिनरी तथा औजार, फर्निसिङ, म्याट्रेस, कच्चा पदार्थ तथा उत्पादनहरुहरु रहने आयोजकले जनाएको छ ।प्रदर्शनीमा सहयोगी संस्थाको भूमिकामा सोसाइटी अफ नेपालीज आर्किटेक्ट, इन्टेरियर डिजाईनर एस्सोसियेशन नेपाल, सामुदायिक वन उपभोगता महासंघ, नेपाल वन पैदावार उद्योग व्यवसायी महासंघ तथा नेपाल प्लाईउड उत्पादक संघ रहेका छन भने ल्यानयार्ड पार्टनरको रुपमा फर्निचर हब रहेको छ ।प्रदर्शनीले साना देखि ठूला उद्योगसम्मलाई आफ्नो प्रयोग भइरहेका मेसिनहरुलाई उन्नयन गर्दै अझ बढी प्रभावकारी बनाउन मद्दत गर्ने आयोजकले जनाएको छ ।प्रदर्शनीले नेपालमा हाल भइरहेको काठ र फर्निचर क्षेत्रको विकास तथा आधुनिकीकरण मा टेवा पु¥याउने विश्वास राखेको आयोजकले जनाएको छ ।