• 2023-12-07

भक्तपुर, २२ मंसिर । भक्तपुरकाे इनाचो मुनिविहारमा कथिन चिवर दान र दानको महत्व बारेमा पत्रकार भेटघाट कार्यक्रम गरेकाे छ ।

मुनिविहारका प्रमुख भिक्षु विपश्र्वी भन्तेले बुधबार पत्रकारहरुसँंगको भेटघाट कार्यक्रमका साथै कथिन चिवर दान र दानको महत्वका बारेमा बताउनुभयाे ।

उक्त मुनिविहारमा देशका २४ जिल्लाका ७८ जना श्रामणेर ( कुलपुत्र) गृहस्थ त्याग गरेर बौद्ध जीवनमा आएका)हरु रहेकाे भिक्षु विपश्र्वीले बताउनुभयाे । श्रामणेरहरु आठ वर्षदेखि २० वर्षसम्मका रहेकाे र उनीहरू त्यही विहारमै बसेर बुद्धकाे ज्ञान लिने गरेका र दिउँसाे सरकारी स्कुलहरुमा ज्ञान लिनका लागि जाने पनि बताउनुभयाे ।

भिक्षु विपस्सीका अनुसार वालवालिकाहरुले बिहारमा बौद्ध शिक्षाका साथै नजिकैको स्कुलहरुमा पुगेर औपचारिक शिक्षा लिने गरेको जनाए । घर गृहस्थी त्यागेर भिक्षु जीवन विताउन चाहनेहरु विभिन्न जिल्लाहरुबाट आएर विहारमा वस्न आउने गरेको उहाँलेले सुनाउनुभयाे ।

बालबालिकाहरुको इच्छा अनुसार अभिभावकहरुले विहार ल्याएर राखेपछि हामी ती वालबालिकाहरुलाई पढाईलेखाई गराउनेदेखि बौद्ध शिक्षा पनि दिन्छौं, उहाँले भन्नुभयाे, त्यसबापत घर परिवारले कुनै शुल्क तिर्नु नपर्ने पनि बताउनुभयाे ।

भक्तपुर जिल्लाकाे सम्भबत याे एउटै मात्र विहार हो । २०१० सालमा एकजना व्यक्तिले दान गरेको जमिन हाल साढे तीन रोपनीको क्षेत्रफलमा फैलिएको छ । विहारमा थाइल्याण्डका भिक्षुले दान गरेकाे ठूलो बुद्धको मूर्ति पनि रहेको छ । त्यहाँं दैनिक भोजनलगायत आफूखुशी अन्य दान गर्नेहरुबाट यो विहार सञ्चालनमा रहँदै आएकाे छ । यहाँ दाताहरूले आफुखुसी आएर दान गर्न पनि सकिन्छ ।

कठिन चिवर दान र दानको महत्व : भिक्षु विपश्र्वी भन्ते

भिक्षुहरुले हरेक वर्ष तीन महिनाको वर्षाबास गरि असार पूर्णिमाको दिनबाट सुरुवात भएर आश्विन पूर्णिमासम्म नियमबद्द भएर विनय पूर्वक सम्पन्न गरेकाे र एक महिनाको अवधिभित्र एउटा विहारमा एकपटक आयोजना गरिने विशेष चीवर दान उत्सवलाई कथिन चीवर दान भनिन्छ ।

कोजाग्रत पूर्णिमादेखि कात्तिक शुक्ल पूर्णिमासम्म चल्ने सो दानमा बौद्ध धर्मका उपासक तथा उपासिका तथा दाताबाट भिक्षुलाई नयाँ चिवर उपहारस्वरुप प्रदान गर्ने गरिन्छ।

बौद्धधर्ममा लाग्नका लागि सम्बन्धित नीति नियमको पालना गरी विभिन्न अभ्यास गर्नुपर्ने हुन्छ। त्यस्तो अभ्यास भिक्षुले निरन्तर गरेर बौद्ध धर्म तथा संस्कृतिको संरक्षण गर्नका लागि कथिन चिवर दान महत्वपूर्ण रहेको भिक्षु विपश्र्वी भन्तेले बताउनुभयाे ।

 

सिफारिस : सबै
छुटाउनुभयो कि? सबै