काठमाडौँ, १५ कात्तिक/। भारतीय अर्बपति मुकेश अम्बानीलाई फेरि ज्यान मार्ने धम्की आएको छ ।केही दिनअघि मात्रै दुई अर्ब माग्दै ज्यान मार्ने धम्की आएकोमा फेरि चार अर्ब माग्दै धम्की आएको हो । उनलाई इमेलमार्फत धम्की आएको हो।यसअघि पठाएको मेलको जवाफ नआएको भन्दै पछिल्लो मेलमा रकम बढाएर पठाइएको हो ।