काठमाडौँ, ८ कात्तिक । दशैको टीकाको दिन देशभर उल्लासमय टीका मनाइरहेका बेला काठमाडौंको ऐतिहासिक टाेखा नगरपालिकाको गौरव टाेखाका नेवार समुदायहरु भने खं द्य: /खड्ग जात्रा पनि मनाएका छन् ।टाेखामा खं द्य: एकादशीका दिन मनाइने ऐतिहासिक खं द्य: जात्रा( खड्ग जात्रा) आज बिहीबार टाेखा वडा २ स्थित तलेजु मन्दिरमा विधिगत रूपमा जात्रा समापन भएको छ। परापुर्वकाल देखि निरन्तर चल्दै आएको टाेखामा तलेजु मन्दिर खं द्य: जात्राका लागि प्रसिद्ध छ। तलेजु मन्दिर,बलि तथा खड्ग जात्रासंग सम्बन्धित सबै व्यबस्था मुल नाइके हेमराज श्रेष्ठको निर्देशन र नाय मां सेते डंगोलको रेखदेखमा हुने परम्परा रहिआएको छ। विजयादशमीको द्वादशीको दिन नेवार समुदायमा मनाइने खं द्य:/खड्ग जात्रा (पाया) टाेखाको तलेजु मन्दिरमा धूमधामका साथ मनाइएको छ । विजया दशमीको भोलिपल्ट शक्तिपीठमा तन्त्र साधनासहित खड्ग धारणा गरी खडगजात्रा मनाइएको हो ।

यो जात्राको क्रममा टाेखाको जिवित देवि गणेश कुमारी मूल घरबाट लावालस्कर विभिन्न बाजागाजा सहित लाम्ने , बाफल: त्वापचा , क्वने लाछी र बहालेवटुबाट थने लाछी नारायण मन्दिर परिक्रमा गरि थलाग हुँदै तलेजु मन्दिरसंगै रहेको कुमारी पातिमा विश्रामस्थल सम्म मुल नायो हेमराज श्रेष्ठ , टाेखा नगरपालिका वडा ३ का अध्यक्ष रमेश डंगोल र टाेखा संस्कृति संरक्षित क्षेत्र विकास समितिका अध्यक्ष गणेशमान श्रेष्ठ, टाेखा नगरपालिका वडा २ का सदस्य अमर डंगोल ,नेवा गूथी टाेखाका महासचिव हेराकाजी डंगोल, टाेखाका आईटी इन्जिनियरद्वय अशोक डंगोल र अष्ट श्रेष्ठले गणेश कुमारीलाई बोकेर नगर परिक्रमा गरिएको हो। त्यसपछि जालीदेवता ल्याउनेहरुलाई तलेजु मन्दिर भित्र बिशेष पुजा भए पछि पुनः जिवित देवि गणेश कुमारी सहित बाजागाजा सहित त्यसपछि जालीदेवता सहित बार्ह थकाली क्रमश थने लाछी स्थित चोसियंसी गाय ,नारायण मन्दिर परिक्रमा पस्चात जालीदेवता ल्याउनेहरुलाई पुरेतले बिशेष पुजा प्रसाद सहित बलिको लागि कुभिन्डाे ( भुइफसी )लाई पुजा आजा गरिसके पछि तलेजु मन्दिरको नजिक रहेको यस क्षेत्रका सुरक्षा देवता क्षेत्रपालमा लगेर कुभिन्डाे काटिने चलन रहि आएको छ। कुभिन्डाे ( भुइफसी )काटेपछीको दृश्य भने हेर्न औषधिउपचार हुने जनविस्वासले गर्दा काटिएको भुइफसी पाउन मान्छेहरू कुभिन्डाे ( भुइफसी ) लिन निकै घुइँचोका बिच युवा युवतीहरु लुछाचुडी गरेको दृश्य अत्यन्तै रोमाञ्च थियो ।

जात्राका क्रममा खड्ग धारण गरेर टोल परिक्रमा गरिसकेपछि आसुरी प्रवृत्तिको प्रतीक कुभिन्डोलाई खड्गले प्रहार गरी असत्यमाथि सत्यको जित भएको भन्दै जात्रा सम्पन्न गर्ने परम्परा रहिआएको नेवार समुदायका अगुवाहरुको भनाइ पनि छ। कुभिन्दो ( भुइफसी )काटेपछी बा थकाली ‘दे थकाली ‘लाई अगाडि अघि बढाएर १३ जनाले खड्गको रथ बोकि सकेसम्म दाैडिंदै अगाडि बढेको दृश्य हेर्न लायक निकै रोचक हुन्छ । यो समयमा थकालीहरु भने कोहि लगलग कामिरहेका र हिड्न नसक्नेलाई छोरा नातीले बोकेरै डाैडको शृङ्खला अघि बढेको हो । परम्परा अनुसार टाेखा स्थित कोतमा महानवमीका दिन रांगो कात्ने चलन छ। किवदन्ती अनुसार टाेखाको क्वाथ:स्थित तलेजु मन्दिरमा १३ वटा खड्ग सहितकि भगवती देवि रहेकी छिन् । यी देवीलाई भक्तपुरबाट ल्याएको जनविस्वास छ । त्यसैले खड्गजात्रा गर्दा बांस भित्र लुकाएर फूलैफूलको छत्र जस्तो आकृती बनाइ ढाक्ने प्रचलन रहेको मुल नाइके हेमराज श्रेष्ठ बताउँछन् । तलेजु मन्दिरमा पुगेपछि मुलनाइकेले रथमा भएका फुलका माला गणेश कुमारीलाई चढाउछन् र गणेश कुमारीले फुल दिइ आशीर्वाद दिएपछि अरु थकालीअरुलाई एक एक वटा फुलका माला दिएपछि जात्रा हेर्न आउने बाजागाजा खलका सदस्यहरु लगायत श्रद्धालु भक्तजनहरुलाइ फुल प्रसाद बाँडेसंगै टाेखाको खँ द्य: जात्रा परम्पराविधि अनुसार सम्पन्न भएको छ।



