• 2023-10-14

काठमाडौं  २७ असोज / नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले राजनीतिक अस्थिरता अन्त्यका लागि विद्यमान निर्वाचन प्रणालीमा पुनःविचार गर्नुपर्ने बताएका छन् । प्रेस चौतारी नेपाल काठमाडौं जिल्ला समितिले शुक्रबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनले सत्ता स्वार्थमा गठबन्धन हुने, आर्थिक विकास, सामाजिक सन्तुलनलगायत क्षेत्रमा राजनीतिक दल गम्भीर नहुँदा जनतामा निराशा उत्पन्न भएको बताए ।उपाध्यक्ष  पोखरेलले समानुपातिक र प्रत्यक्षको मिश्रित निर्वाचन प्रणालीले कुनै पनि दलको बहुमत हुन नसक्ने भन्दै यसले अस्थिर सरकार बन्ने स्थिति सिर्जना गरेको बताए ।उनले अस्थिर सरकारका कारण मुलुकमा समृद्धि हासिल नहुने विचार व्यक्त गरे ।  एमाले आगामी निर्वाचन मिशन २०८४ लक्ष्य अनुरुप उदेश्य लीएर अघि बढेको उनले स्पष्ट गरे । कार्यक्रममा प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेतले सत्ता राजनीतिमा प्रयोग गरिएको अदालतको परमादेश अहिले सत्ता पक्षलाई नै चुनौतीपूर्ण भएको धारणा व्यक्त गरे ।

सिफारिस : सबै
छुटाउनुभयो कि? सबै