❝ इजरायल भित्र करिब १५ सय हमास लडाकुको शव फेला,इजरायलमा हमासको आक्रमणमा ४ जना फ्रान्सेली नागरिकको मृत्यु , ❞
2023-10-10
२०८० असोज २३/इजरायलमा हमासको आक्रमणमा मारिएकामध्ये चार जना फ्रान्सेली नागरिक रहेको फ्रान्सेली विदेश मन्त्रालयले मंगलबार एक विज्ञप्ति जारी गर्दै जनाएको छ ।थप १३ जना पनि बेपत्ता छन् र उनीहरुको अवस्थाबारे मन्त्रालयसँग कुनै जानकारी छैन भनि विज्ञप्तिमामा उल्लेख गरिएको छ । अवस्था “धेरै चिन्ताजनक” छ ती मध्ये केही “सम्भवतः अपहरण गरिएको छ भनि विज्ञप्तिमा जनाईएको छ ।सिएनएनका अनुसार इजरायल भित्र करिब १५ सय हमास लडाकुको शव फेला परेको छ ।
आइतवार बिहान इस्लामवादी समूहले गरेको अचम्मको हमलापछि इजरायलमा झण्डै १५०० हमास आक्रमणकारीको शव फेला परेको इजरायल रक्षा बलका प्रवक्ता जोनाथन कोनरिकसले मंगलबार बताए। गाजामा मृत्यु हुनेको संख्या ७ सय ६५ पुगेको छ भने ४ हजार घाइते भएका छन् । गाजाको प्यालेस्टाइनी स्वास्थ्य मन्त्रालयले मङ्गलबार दिएको जानकारी अनुसार ४ हजार अन्य घाइते भएका छन् ।