• 2023-10-01

    काठमाडौँ, १४ असोज / न्यूजनेपाः डटकमले अग्रज पत्रकार मल्ल के सुन्दरलाई सम्मान गरेको छ। न्यूजनेपाः डटकमको – चिनारी दिनको लागि हिजो काठमाण्डौंमा आयोजित कार्यक्रममा वागमती प्रदेशका संस्कृति, पर्यटन तथा सहकारी मन्त्री पुकार महर्जनले उहाँलाई सम्मान पत्रसहित दोसल्ला ओढाएर सम्मान गर्नु भएको हो । २०२३ सालमा पत्रकारीता शुरु गर्नु भएका राष्ट्रिय समाचार समितिका पूर्व प्रमुख एवमं इनाप वा पौका सम्पादक तथा प्रकाशक मल्ललाई पत्रकारीताको क्षेत्रमा उहाँले पुर्याउनु भएको योगदानको कदर गर्दै न्यूजनेपाः ले सम्मान गरेको हो। उहाँलाई प्रदान गरिएको सम्मानपत्र न्यूजनेपाः डटकमका नेपालभाषा सम्पादक पौभा सायमिले वाचन गर्नु भएको थियो। कार्यक्रममा मन्त्री महर्जन तथा बागमती प्रदेशका सांसद हरिप्रभा खड्गी श्रेष्ठले समुदायको हित हुने कुनै पनि कामका लागि आफूहरुको सहयोग हुने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो । कार्यक्रममा मन्त्री महर्जन तथा बागमती प्रदेशका सांसद हरिप्रभा खडगी श्रेष्ठले समुदायको हित हुने कुनै पनि कामका लागि आफूहरुको सहयोग हुने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो।

    त्यस्तै कार्यक्रम सम्मानित व्यक्तित्व मल्ल के सुन्दरले पत्रकारिता क्षेत्रको वर्तमान चुनौतिलाई मध्यनजर गरेर न्यूज डटकम अधि बडु पर्ने धारणा व्यक्त गर्नु भयो। वरिष्ठ पत्रकार पुष्करभक्त माथेमा र सुरेश किरण मानन्धरले अहिले पत्रकारीता क्षेत्रमा नयाँ नयाँ खालका चुनौती देखा परेको भन्दै त्यसलाई चिर्दै जानु पर्नेमा जोड दिनु भयो । त्यस्तै कार्यक्रममा न्यूजनेपा डटकमका प्रबन्ध निर्देशक सिजन श्रेष्ठ, प्रकाशक विगेन तुलाधर र सम्पादक शर्मिला सिल्भिया राजोपाध्याय, कानूनी सल्लाहकार राजन केसीले न्यूजपोर्टलका बारेमा जानकारी दिनु भएको थियो। कार्यक्रममा लोककवि राजभाइ कमीले कविता पाठ गर्नु भएको थियो भने कार्यक्रम न्यूजनेपा सम्पाददाता नीतू डंगोलले संचालन गर्नुभएको थियो। कार्यक्रममा अग्रज व्यक्तित्व महेशमान श्रेष्ठ गुधि संस्थानका प्रमुख प्रशासक किरण शाक्य, राष्ट्रिय भूमि आयोग काठमाण्डौका प्रमुख श्यामकृष्ण प्रजापति संस्कृतिविद् चुन्दाचार्य शान्तितुलाधर लगायतको सहभागिता थियो । नेपाली, नेपालभाषा र अंग्रेजी भाषाको माध्यमबाट समाचार संप्रेषित गर्न संचालन भएको न्यूजनेपा को अमेरिकाका लागि प्रतिनिधि जयम्बु रंजित, डेनमार्कका लागि शशि श्रेष्ठ, जर्मनका लागि कुमार नापित, दुबइका लागि कुमार लामा र बिरेन्द्र नकर्मी नेपालका लागि रमेश मुनिकार हुनुहुन्छ।

    सिफारिस : सबै
    छुटाउनुभयो कि? सबै