• 2023-02-25

टाेखालाइभ डट कम/फागुन १३,२०७९

काठमाडौं/हिमालयन बैंक र सिभिल बैंकको एकीकृत कारोबार शुरु भएको छ ।हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गरेर शुक्रबार देखि हिमालयन बैंकको नामबाट एकीकृत कारोबार शुरु गरेपछि शुक्रबार हिमालयन बैंकका अध्यक्ष प्रचण्ड श्रेष्ठले हिमालयन बैंकको केन्द्रीय कार्यालय कमलादीमा परम्पराअनुसार पूजा गरेर एकीकृत कारोबारको शुरु गरेका हुन् ।  हिमालयन बैंकले सिभिल बैंकलाई १००ः८०.२८ को स्वाप रेसियोमा प्राप्ति गरेको हो । हिमालयन बैंकको सञ्चालक समितिको अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठ बनेका छन् । साथै फैशल एन लालनी, सुनिल बहादुर थापा, जितेन्द्र धिताल, आशिष शर्मा, विजय बहादुर श्रेष्ठ र राधाकृष्ण पोटे सञ्चालक बनेका छन् । बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक राणा बनेका छन् ।मर्जरपछि हिमालयन बैंकको कुल कर्मचारी संख्या १९७० पुगेको छ । चुक्ता पुँजी २१ अर्ब ६५ करोड रुपैयाँ छ । बैकको कुल पुँजी कोष ३३४ अर्ब, कुल निक्षेप २७४ अर्ब, कुल ऋण प्रवाह २५० अर्ब पुगेको बैंकले जनाएको छ । मर्जरपछि बैंकको शाखा सञ्जाल १८९ र एटीएम २६३ पुगेको छ ।

सिफारिस : सबै
छुटाउनुभयो कि? सबै