• 2022-11-06

    टाेखालाइभ डट कम/कात्तिक २०,२०७९

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले धादिङमा निर्माणाधीन नागढुङगा– नौबिसे सुरुङ मार्गको अवलोकन गरेका छन् । आइतबार एमालेका अध्यक्ष ओली संगै उहाँकी जीवन संगिनी राधिका शाक्य सहित निर्माणाधीन सुरुङ मार्गको अवलोकन गर्न त्यहाँ पुगेका हुन् ।

    नागढुङगा– नौबिसे सुरुङ मार्गको तत्कालीन प्रधानमन्त्री रहेका बेला ओलीले शिलान्यास गरेका थिए । २.३८ किलोमिटर लम्बाइ रहने उक्त सुरुङ मार्ग दुई लेनको चौडाइ ९.५ मिटर रहने सडक विभागले जनाएको छ । तस्बिर : अध्यक्ष ओलीको निजी सचिवालय

    सिफारिस : सबै
    छुटाउनुभयो कि? सबै