• 2022-09-19

    टाेखालाइभ डट कम/असोज ३,२०७९

    काठमाडौं । पूर्वसभामुख एवम् नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले समानुपातिकबाट पुन: सांसद बन्ने बाटो रोजेका छन् ।यसअघि महरा दाङ–२ बाट प्रत्यक्षतर्फ उम्मेदवार सिफारिस भएका थिए । उनले २०७४ सालमा त्यही क्षेत्रबाट चुनाव जितेका थिए ।

    आज माओवादी केन्द्रले टुंग्याएको समानुपातिकतर्फको उम्मेदवारको सूचीमा महराको नाम समावेश छ ।

     

     

    सिफारिस : सबै
    छुटाउनुभयो कि? सबै