• 2022-05-25

    टाेखालाइभ डट कम
    काठमाण्डौ ,जेष्ठ ११।

    सेन्ट लरेन्स कलेज,चावाहिलले यौन दुर्व्यवहारको घटनामा आरोपित शिक्षकहरुलाई जेष्ठ ९ गते नै बर्खास्त गरिसकेको जानकारी दिदै प्रहरीको अनुसन्धानमा सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरेको छ।

    कलेजका प्राचार्य पुरुषोत्तम महर्जनले एक बिज्ञप्ति जारी गर्दै कक्षा ११ मा अध्ययनरत छात्राहरुबाट जेष्ठ ६ गते सुक्रवार अनौपचारिक जानकारी प्राप्त भएको र जेष्ठ ९ गते पिडित छात्राहरु र अभिभावक संगको छलफल पश्चात सोहि दिन कलेज व्यवस्थापनले आरोपित शिक्षकहरुलाई बर्खास्त गर्ने निर्णय गरिएसकेको जानकारी दिएका छन।

    कलेजमा भएको सो घटनाको लागि दुख व्यक्त गर्दै सेन्ट लरेन्स कलेजले आगामी दिनमा त्यस किसिमका कुनै पनि घटना हुन् नदिने प्रतिवदत्ता समेत गरेको छ।

    सेन्ट लरेन्स कलेजको बिज्ञप्ति :

    सिफारिस : सबै
    छुटाउनुभयो कि? सबै