• 2022-05-14

    टाेखालाइभ डट कम

    काठमाडौँ, ३१ वैशाख ।

    मनाङको चामे गाउँपालिका वडा नम्बर ५ को अध्यक्षमा एमाले र कांग्रेस मत गणना बराबर भए पछि गोलाप्रथाबाट नेकपा (एमाले) कैले गुरुङ निर्वाचित भएका छन् ।

    शुक्रबार राती गरिएको मतगणनाअनुसार एमालेका उम्मेदवार गुरुङ र कांग्रेस उम्मेदवार फुर्पा छिरिङ लामाले बराबर ३०/३० मत ल्याएका थिए ।

    दुवै जनाको सहमतिमा भएको गोलाप्रथामा गुरुङ विजयी भएका हुन् ।

    सिफारिस : सबै
    छुटाउनुभयो कि? सबै