• 2021-11-01

टाेखालाइभ/ कार्तिक १५,२०७८

कात्तिक १४,काठमाडौं । बलिउडमा नेपाली कला संस्कृतिक , प्राकृतिक सौन्दर्यलाई फिल्म उतार्ने बलिउडमा होडबाजी नै चकेको छ। यसै क्रममा बलिउडको चर्चित फिल्म उचाई’को पनि नेपालमा नाम्चेदेखि मनाङसम्मको गन्तव्य सम्मका सौन्दर्य दृश्यलाइ फिल्ममा कैद गर्दै छायांकन कार्य सकिएको छ। नेपालमा २५ दिन यसको छायांकन गरिएको थियो ।

दुई दिन काठमाडौँ र बाँकी समय हिमाली जिल्लामा छायांकन भएको यो चलचित्र २८ अक्टोबरमा नेपालको कार्यतालिका पूरा गरेको हो ।

नाम्चेदेखि मनाङको विभिन्न ठाउँमा छायांकन गरिएको यस चलचित्रको शुक्रबार पहिलो तालिका अन्तर्गतको छायांकन सकिएको र दोस्रोका लागि भारतका विभिन्न स्थानमा छायांकन हुने राजश्री प्रोडक्सनले जनाएको छ ।कलाकार अनुपम खेर ले सुरुवात देखि नै नेपाल बसाइ को अनुभव लाई सेयर गर्दै आइरहेका थिए । सोहिक्रममा नेपाल बसाइको अन्तिम दिनमा भावुक बन्दै उनले लेखेका छन ” २७ दिनको नेपाल बसाईमा जीवन परिवर्तनको अनुभव भएको छ। यसले मलाई अर्थात एक अभिनेता र एक व्यक्तिको क्षमतालाई चुनौती दिन र आफैलाई पुन: आविष्कार गर्न बाध्य तुल्याएको छ।”

सुरज वाडजात्याद्वारा निर्देशित चलचित्रमा अनुपम खेर, वमन इरानी, निना गुप्ता, सारिका हसन, परिणिती चोपडालगायत कलाकार सहभागी थिए।

चलचित्रमा अमिताभ बच्चन भए पनि स्वास्थ्यका कारण उहाँ नेपाल आउन नसकेपछि उहाँको बडी डबललाई राखेर छायांकन गरिएको थियो।

चलचित्र निर्माण टोलीका केही सदस्य अहिले पनि मनाङमै छन् भने केही काठमाडौँ फर्किसकेका छन् । चलचित्रको मुख्य टोली शनिबार एयर इण्डियाको विमानमार्फत भारत फर्किएका छन् ।

सिफारिस : सबै
छुटाउनुभयो कि? सबै