• 2020-06-08

कुमार रञ्जित, टोखा लाइभ ।काठमाडाैँके तुंख्यः (तुंडिखेल) मा न्हूपुखू (रानीपाेखरी) बनाइसकेपछि तात्कालिन राजा प्रताप मल्लले देश-देशान्तरका ५० भन्दा बढी तीर्थस्थलबाट पानी लगेर भर्न लगाएपछि मात्रै उद्घाटन गरिएकाे थियाे। त्यसै क्रममा टाेखाकाे सपनतीर्थबाट पनि पानी लगिएकाे थियाे भन्ने इतिहास प्रमाणित छ। त्यसकाे प्रामाणिक इतिहास लेखिएकाे थ्यासफू भक्तपुर दरवारमा अवस्ठित सङ्ग्रहालयमा सुरक्षित छ। अहिले रानीपाेखरी पुनर्निर्माण सम्पन्न हुने क्रममा छ र पानी भर्ने अवस्थामा पुगेकाे राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएकाे छ।

यहाँनिर संस्कृति सम्पदाप्रेमीहरुले ध्यान दिनुपर्ने कुरा के छ भने प्राचीन परम्परा अनुसार यसपटक पनि त्यहाँ पानी भर्नुअघि तात्कालिन समयमा जस्तै विभिन्न तीर्थहरुबाट पानी लगेर भर्नु राम्राे हुनेछ। त्यसै क्रममा देश-देशान्तरका विभिन्न तीर्थहरुका साथै टाेखाकाे सपनतीर्थबाट समेत पानी लगेर रानीपाेखरीमा हाल्दा इतिहास र संस्कृतिसम्मत देखिनेछ। यसतर्फ सांस्कृतिक संरक्षित क्षेत्र टाेखाकाे सपनतीर्थ संरक्षण समिति लगायतका अन्य संघ-संस्थाहरुले सम्बन्धित निकायकाे ध्यानाकर्षण गराउनुपर्ने देखिन्छ।

सिफारिस : सबै
छुटाउनुभयो कि? सबै